नेपाली सीमामा भारतले बढायाे सेना, गस्ती अझ विशेष बनाइँदै

कन्चनपुर– भारतले पश्चिम नेपालको सीमा क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । आतंकारी घुसपैठको आशंकामा भारतले सैन्य उपस्थिति बढाएको हो । यसअघि नै दार्चुला सदरमुकाम उत्तरतिर चीनको सीमा क्षेत्रसम्म सात ठाउँमा १८ युनिटका करिब चार सय भारतीय सुरक्षाकर्मी तैनाथ गरेको थियो । अहिले यी ठाउँमा करिब एक हजार सुरक्षाकर्मी थपेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले हेलिकोप्टरबाट धार्चुला र गुञ्जिमा सुरक्षाकर्मी झार्ने गरेको छ । त्यस्तै, सुरक्षाकर्मीका बख्तरबन्द गाडीहरू पनि दैनिक सिमावर्ती क्षेत्रमा आवतजावत गर्न थालेका छन् । 

नेपालको बाटो भएर पाकिस्तानी आतंककारी घुसपैठ हुन सक्ने आशंकमा नेपाल र भारतको सीमा क्षेत्रमा भारतीय प्रशासनले अलर्ट जारी गरेको शुक्रबार प्रकाशित भारतीय अखबार ‘अमर उजाला’ले समाचार लेखेको छ । सीमा नदीमा ६ ठाउँमा झोलुंगे पुल भएको र यी पुलहरूमा निर्बाध आवागमन हुने भएकाले सीमा क्षेत्रमा अलर्ट जारी गरिएको उत्तराखण्ड, पिथौरागढ पुलिस अधिक्षक रामचन्द्र राजगुरुले सीमावर्ती क्षेत्र झुलाघाट पुगेर बताएका थिए ।

भारतीय अधिकारीले यो अलर्ट १० दिनसम्म चल्ने जनाएको छ । यो अवधिमा सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) र भारतीय पुलिसको गस्ती बढाइने जनाएको छ ।

यसैबीच, भारतीय सेनाको स्थल सेनाध्यक्ष विपिन रावतले उत्तराखण्डको चिनियाँ सीमावर्ती क्षेत्र चमोलीको भ्रमण गरेका छन् । 

भारतीय सुरक्षाकर्मीले नेपाली भूमि टाटामा पेट्रोल रुट बनाएर नियमित गस्ती गर्ने गरेका छन् । भारतीय सुरक्षाकर्मीले धार्चुलादेखि कालापानीसम्मको करिब एक सय ८० किलोमिटर क्षेत्रमा हतियारसहित चारपांग्रे सवारीसाधन पनि थपेको छ । धारचुलादेखि नजाङसम्म र उत्तरतिर छियालेकदेखि कालापानीसम्म नियमित गस्ती बढाएको जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार १४:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया