पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको राजीनामा माग, हजारौँ प्रदर्शनकारी इस्लामावादमा

एजेन्सी– पाकिस्तानमा इमरान खान सरकारविरुद्ध जमियत उमेला ए इस्लामको राजनीतिक शाखा अन्सार उल इस्लामको व्यापक ठूलो प्रदर्र्शन बिहिबार इस्लामाबाद पुग्दै छ । 

ज्मियतका नेता मौलाना फलुर्रहमानको आधार क्षेत्र भनेको बलुचिस्तान तथा खैबर पख्तुनख्वा हो । उनले इमरान खानको राजीनामा माग गर्दै फेरि चुनाव गर्नु पर्ने माग राखेका छन् । 

पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक गुट तथा विपक्षी पार्टी जमियत उमेला ए इस्लामको मागलाई भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बेवास्ता गरेका छन् । उनले स्पष्ट रुपमा आफूले राजीनामा नदिने बताएका छन् । यो पार्टीले इमरान खानको नीतिको विरोध गर्दै उनको राजीनामा माग गरेको हो । 

जमियतका नेता मौलानालाई अन्य विपक्षी पार्टीले चाहिँ सहयोग गरेका छन् । उनीहरुले प्रधानमन्त्री खानको राजीनामा, नयाँ निर्वाचन हुनु पर्ने, पाकिस्तानको इस्लामिक कानुनमाथि कुनै तोडमोड हुन नहुने, पाकिस्तानमा इस्लामिक संस्थालाई सम्मान गर्नु पर्ने माग चार मुख्य माग राखेका छन् । 

तर, पाकिस्तानी प्रधानमन्त्री खानले आफूले राजीनामा दिने मात्र होइन, यी दलहरुसँग कुनै वार्ता पनि नगर्ने बताएका छन् । 



तर, प्रदर्शनकारीले आफ्ना माग राख्न छाडेका छैनन् । कराँचीबाट निस्किएको ठूलो प्रर्दशन आज इस्लामावादमा पुग्ने बताइएको छ । प्रदर्शनकारीलाई ठाउँठाउँमा मौलानाले सम्बोधन गर्ने गरेका छन् । उनले प्रत्येक सम्बोधनमा इमरान खानको राजीनामा माग गरेका हुन्छन् । 



  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार १०:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया