प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस पनि सकियाे

काठमाडौं– ग्रान्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस पनि सकिएको छ । उनको दोस्रो डायलासिस बिहीबार दिउँसो सकिएको ग्रान्डी अस्पताल स्रोतले जनाएकाे छ ।

बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार पहिलो डाइलासिस गरिएको थियो । यसअघि ०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीकाे त्यसपछि नियमित रुपमा सिंगापुरमा स्वास्थ्य परीक्षण भइरहेकाे छ । उनको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले उनकाे पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकाे छैन । ग्राण्डी अस्पतालले बुधबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही परीक्षणको रिपोर्ट आएपछि उनी घर फर्किने उल्लेख गरेको थियो ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार १५:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया