उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको  सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रलाई विभाजन गरेर कार्ययोजना बनाइएको गृहमन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो । 

बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी,नेपाली सेनाका रथी गौरव तण्डुललगायत सहभागी थिए । 

बैठकमा गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगतको निर्वाचनका अनुभव आधारमा आवश्यकताअनुसार कार्ययोजनालाई थप परिस्कृत गर्दै लैजान निर्देशन दिए । उनले निर्वाचनलाई स्वच्छ,स्वस्थ,शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७६ शुक्रबार १६:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया