काठमाडौं– निकै उतार–चढावबीच कारोबार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २०० निर्धारण गरिएको महासंघले जनाएको छ । बिहीबार छापावाला सुन ७० हजार ५०० मा खरिद–बिक्री भएको थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७ सयले वृद्धि भएर प्रतितोला ७० हजार ९ सय कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि १० ले वृद्धि भएर प्रतितोला ८ सय ७० पुगेको छ ।
पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुईपटक घटेको छ भने चारपटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रतितोला ७० हजार ६ सय र तेजाबी सुन ७० हजार ३ सयमा खरिद–बिक्री भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।