प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस शनिबार पुनः गरिने

काठमाडौं– बुधबार र बिहीबार धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार पुनः मिर्गौलाको डायलासिस गरिने भएको छ । चार दिनको बीचमा उनको तेस्रो डायलासिस हुने भएको हो ।  

तेस्रो डायलासिसका लागि प्रधानमन्त्री ओलीलाई चिकित्सकले शनिबारका लागि बोलाएको स्रोतको भनाइ छ । प्रधानमन्त्रीले सातामा तीनपटक डायलासिस गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । 

यसअघि प्रधानमन्त्रीको दुईपटक डायलासिस भइसकेको छ। डायलासिसको विकल्पमा पुनः मिर्गौला प्रत्यारोपणमा समेत जान सकिने स्रोतको भनाइ छ । 

भारतको नयाँ दिल्लीमा १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधि परिवर्तन गरेका थिए । नियमित फलोअपका लागि प्रधानमन्त्री गत साउनमा सिंगापुर गएका थिए । 

सिंगापुरमा उनले पहिले खाने औषधि परिवर्तन गरिएको थियो । औषधिको नकारात्मक असर देखिएपछि भदौमा प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७६ शुक्रबार १७:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया