उपनिर्वाचनकाे उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिँदै सकियो कांग्रेस बैठक

काठमाडौं– नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ । कांग्रेसको शुक्रबार सम्पन्न बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिको बैठकले कास्की २ को प्रतिनिधिसभा निर्वाचन उम्मेदवार र दाङ तथा बागलुङको प्रदेशसभा निर्वाचनको उम्मेदवार चयन गर्ने जिम्मा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र केन्द्रीय पदाधिकारीलाई दिइएको छ । 

धरान उपमहानगरपालिकाको मेयरमा भने तिलक राईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । धरान उपमहानगरपालिका समिति, क्षेत्रीय समिति र जिल्ला समितिको सिफारिसमा केन्द्रीय समितिले उनको नाम सर्वसम्मत रूपमा स्वीकृत गरेको हो । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७६ शुक्रबार १७:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया