पर्यटनमन्त्री भट्टराई शनिबार बेलायत जाने

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई शनिबार बेलायत भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न त्यहाँस्थित सरकारी अधिकारीसँग समेत छलफल गर्ने बताइएको छ । 

मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लन्डनको एक्सेल एक्जिबिसन सेन्टरमा हुन गइरहेको वर्ल्ड ट्राभल मार्टमा पनि सहभागी हुनेछन् । भट्टराईले नेपाली दूतावास लण्डनले आगामी मंगलबार साँझ दूतावास भवनमा आयोजना गर्ने पर्यटन प्रर्वद्धनसम्बन्धी एक कार्यक्रममा सहभागी हुनेछन् ।

मेलामा भाग लिन नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कम्पनीसमेत बेलायत जाने तयारीमा छन् । वर्ल्ड ट्राभल मार्ट (आइटिबी) बर्लिनपछिको पर्यटन व्यवसायीको दोस्रो ठूलो विश्व मेला हो । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७६ शुक्रबार १७:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया