चीनमा फाइभ जी मोबाइल सुरु

एजेन्सी– चीनका मोबाइल अपरेटरहरुले आफ्नो देशका ग्राहकका लागि फाइभजी सेवा सुरु गरेका छन् । योसँगै चीनले प्रविधिमा अर्को एउटा ठूलो फड्को मारेको छ ।

चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम तथा चाइना टेलिकमले आफ्ना सिमका लागि फाइभ जी डाटा प्लानको घोषणा गरेका हुन् ।

अहिले चीन र अमेरिकाबीच प्रविधिकै विषयलाई लिएर लगातार टकराव भइरहेको छ । त्यसैले यो समयमा आएको यो घोषणालाई निकै चासोका साथ हेरिएको छ । 

त्यसो त चीनभन्दा पहिले दक्षिण कोरिया, अमेरिका तथा बेलायतमा यही वर्ष फाइभ जी नेटवर्कको सुरुवात भइसकेको छ । फाइभ जी पाँचौ जेनेरेसन मोबाइल नेटवर्क हो । यसमा इन्टरनेटको गति अत्यन्त द्रुत हुने दाबी गरिएको छ । 

पहिले चीनले फाइभ जी सेवा अर्को वर्ष गर्ने बताएको थियो । तर, अहिले अत्यन्त द्रुत गतिमा काम गरेर चीनमा फाइभ जी सुरु गरिएको हो । यो अहिले चीनका ५० सहरमा सुरु भएको छ । चिनियाँ समाचार एजेन्सी शिन्ह्वाका अनुसार फाइभ जी डाटा प्लानको मूल्य नेपाली रुपैयाँ अनुसार २ हजार देखि १० हजारसम्मको छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७६ शुक्रबार १९:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया