सचिन तेन्दुल्करसँग यसकारण रिसाइन् सोना मोहपात्रा

एजेन्सी– भारतमा मी टू अभियानलाई निकै जोडतोडका साथ उठाएकी थिइन्, सोना मोहपात्राले । उनले नै गायक अनु मालिकमाथि गम्भीर आरोप पनि लगाएकी थिइन् । यही आरोपमा कारण अनु भारतीय टिभी कार्यक्रम इन्डियन आइडलबाट निकालिएका पनि थिए । तर, यो सिजनमा उनी फेरि कार्यक्रममा फर्किएका छन् । यसकारण पनि सोनु निकै आक्रामक बनेकी छिन् । 

यहीबीच भारतका क्रिकेटर सचिन तेन्दुल्करले इन्डियन आइडलमा भाग लिन जानेहरुको तारिफ गर्दै एउटा ट्विट गरे । यो ट्विट के आएको थियो, सोनाले फेरि मि टू अभियानको विषयमा कुरा उठाएर उनीसँग रिसाइन् । उनले अनु मलिक त्यो कार्यक्रममा भएको र सचिनले यति सानो कुरा पनि ख्याल नगरेको भन्दै आफ्नो रिस पोखेकी हुन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया