यसकारण सफल छ मेरो वैवाहिक जीवनः प्रियंका

एजेन्सी– भारतीय अभिनेत्री प्रियंका चोपडाले विवाह गरेको अब त निकै भइसकेको छ । तर, उनी सम्बन्धी विभिन्न समाचार आउने क्रम छुटेको छैन । उनको र निक जोनसको विषयमा बारम्बर विभिन्न समाचार आइरहेका हुन्छन् । दुवैले एकअर्कालाई माया गर्ने विषयमा र उनीहरुको सफल वैवाहिक जीवनमा प्रियंकालाई पत्रकारहरुले पनि सोधिरहेका हुन्छन् । 

यही विषयमा प्रियंकाले भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई आफ्नो विवाह सफल हुनुको कारण बताएकी छिन् । उनले भनेकी छिन्, ‘व्यक्तिगत र प्रोफेसन जीवनलाई सन्तुलनमा लिएर अगाडि बढ्नु अत्यन्त मुश्किल हो । तर, मलाई के गर्व लाग्छ भने मैले विवाह त्यस्तो युवासँग गर्न पाएँ जसले मलाई र मेरो सपनालाई निकै राम्रोसँग बुझेका छन् । हामी दुवैले आआफ्नो करिअरका लागि निकै मेहनेत गरेका छौँ । हामी त्यसैले पनि एक अर्कालाई निकै समर्थन र माया गरिरहेका हुन्छौँ ।’

प्रियंकाले आफूहरु एकअर्कासँग दैनिक सम्पर्कमा रहने र विभिन्न ठाउँमा भए पनि भिडियो कल गरिहाल्ने भएकाले आफूहरुको वैवाहिक जीवन सुन्दर भएको अभिव्यक्ति पनि दिएकी छिन् ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया