जर्मन चान्सलर एन्जेला मर्केलले भारतमा आएर भनिन्– कश्मिरमा जे भइरहेको छ, ठिक भएको छैन

नयाँ दिल्ली– जर्मन चान्सलर एन्जेला मर्केल अहिले भारतको भ्रमणमा छिन् । शुक्रबार दुई दिने भ्रमणका लागि भारत आएकी मर्केलले कश्मिरको विषयमा आफ्नो धारणा राखेकी छिन् । 

कश्मिरमा भइरहेको अवस्थालाई उनले चिन्ताजनक मात्र बताएकी छैनन्, यो अवस्था लामो समय रहन नहुने पनि बताएकी छिन् । तर, जर्मन र भारतबीच भएको द्विपक्षीय बैठकमा चाहिँ यो विषयमा कुनै कुरा उठेन । 

उता, जर्मनीका मिडियाले मर्केलले बताएको भन्दै लेखेका छन्, ‘आज कश्मिरमा जुन अवस्था छ, त्यो लामो समय रहिरहन्छ भन्ने मलाई लागेको छैन ।’ भारत भ्रमणमा रहेकी मर्केल र मोदीबीच गोप्य बैठक पनि भएको भारतीय मिडियाले लेखेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार ११:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया