यो वर्ष पनि घिस्रिएर घाटसम्म गए विराटनगरका मेयर पराजुली

विराटनगर– महानगरवासीको शान्तिसुरक्षा र संवृद्धिका लागि भन्दै विराटनगर महानगरपालिका मेयर भीम पराजुली घिस्रिएर घाट पुगेका छन् । छठमा ब्रत बसेर सास्टाङ्ग दण्डवत गर्दै पराजुली छठ पुजा गर्ने स्थल घाटसम्म यसरी घिस्रिएर गएका हुन् । यसअघिका वर्षमा पनि उनले यस्तो गर्ने गरेका थिए । 

पराजुलीसँगै यो वर्ष उनलाई पत्नी रन्जिता पराजुली र भतिज प्रेमस पराजुलीले बाटोमा घस्रिन साथ दिएका छन् । शनिबार विहान पराजुली यो यात्रामा निस्किएका हुन् । साढे १० बजे सुरु भएको मेयर पराजुलीको यो यात्रा ४ घन्टामा सकिनेछ । 

यसपटक पनि पराजुलीले छठ पर्वका लागि चार दिनदेखि व्रत बसेको जानकारी दिएका छन् । उनी आज साँझ अस्ताउँदो र भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिएर आफ्नो व्रत पूरा गर्नेछन् । 

पराजुलीले यसअघिका वर्षमा नै आफूले २५ वर्षको हुँदादेखि छठ पूजा गर्ने गरेको बताएका थिए । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १२:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया