सिरहामा कस्मेटिक पसलमा आगलागी

सिरहा– सिरहाको गोलबजार नगरपालिका ४३ स्थित कस्मेटिक्स पसलमा शुक्रबार साँझ भएको आगलागीमा करिब ३७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

गोलबजार नगरपालिका ४ का श्रवण साहको आफ्नै घरमा रहेको श्रवण फैन्सी जनरल स्टोरमा साँभm करिब सवा ६ बजेतिर आगलागी भएको हो । साँझको समयमा पसलको अगाडिपट्टि मानिसको सामान्य चहलपहल भएपनि पछाडिपट्टिबाट सटरको छेउबाट धुँवाको मुस्लो निस्केपछि मात्र आगलागी भएको थाहा पाएपछि गोलबजार, लहान र मिर्चैयाबाट गएको बारुण यन्त्रले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरीका अनुसार आगलागीमा पसलमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएपनि मानवीय र पशु चौपाया क्षति भने भएको छैन । पसलमा भएको आगलागीपछि बेहोस भएका संचालक श्रवण साहलाई तत्काल स्थानीय भूमिजा अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य भएपछि घर फर्किसकेको प्रहरी निरीक्षक पुरीले बताए ।  

प्रहरीले कस्मेटिक्स पसलका लागि जडान गरिएको इन्भर्टरको तार सट भएर आगलागी भएको हुन सक्ने आशंका गरेको छ । करिब तीन वर्ष अघि पनि उनको पसलमा आगलागी भएको सूचनाको आधारमा पछिल्लो आगलागीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कस्मेटिक्स पसलमा आगलागी भएपछि गोलबजार क्षेत्रमा शुक्रबार साँझ केही घण्टा विद्युत अवरुद्ध भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १२:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया