लमजुङमा उपनिर्वाचनकाे तयारी तीव्र

लमजुङमा उपनिर्वाचनको तयारी तिव्र पारिएकोे छ । सुन्दरबजार नगरपालिका– २ को वडा अध्यक्ष पदमा उपनिर्वाचन हुने भएको हो । सो वडाबाट निर्वाचित भएका लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त उक्त पदमा उपनिर्वाचन हुने भएको हो । अघिल्लो स्थानीय चुनावको तुलनामा यसपटक एक सय त्रिहत्तर जना नयाँ मतदाता उक्त वडामा थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दिवाकर शर्माले बताए । उनका अनुसार अघिल्लो स्थानीय निर्वाचनमा उक्त वडामा दुई हजार एक सय २४ मतदाता रहेकोमा थप भएको मतदाता संख्या दुई हजार दुई सय ९७ पुगेको छ । 

सुन्दरबजार नगरपालिकाको कार्यालयमा कार्तिक २० गते कार्यालय स्थापना गरी २७ गतेबाट निर्वाचनका कार्यक्रम सञ्चालन हुने गरी तयारी भएको शर्माले बताए । उनका अनुसार उपनिर्वाचनका लागि उक्त वडामा दुई मतदान स्थल र तीन मतदान केन्द्र तोकिएको छ । शर्माले भने, ‘महोन्द्र मन्दिर माविका दुई वटा मतदान केन्द्र छन्, उक्त स्थलको मतदाता संख्या एक हजार दुई सय ३२ र अर्को मतदान स्थल कान्ति मन्दिर माविमा रहेको छ । सो केन्द्रमा एक हजार ६५ मतदाता छन् । ’उनले भने, ‘उपनिर्वाचनको घोषित कार्यक्रम अनुसार आउँदो मंसिर २० गते मतदान हुनेछ ।’ 

अघिल्लो स्थानीय तह निर्वाचनमा उक्त वडामा चार राजनीतिक दलले निर्वाचन लडेका थिए । ती मध्ये तत्कालीन नेकपा एमालेका उम्मेदबार लोकराज पाण्डेले नौ सय पाँच मत ल्याई विजयी भएका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका पर्शुराम सेढाईले तीन सय ४७ मत पाएका थिए भने माओवादी केन्द्रका उम्मेदबार पूर्णबहादुर मौरतीले एक सय ६ मत र राप्रपाका दीपकराज सेढाईले ५२ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १९:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया