काठमाडौं– हाफ टाइअगाडि नै बर्नमाउथका जोसुवा किङको एक गोलका कारण बर्नमाउथ सेप्टेम्बरपछि पहिलो खेलमा विजयी भएको छ । शनिबार भएको खेलमा उसले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो ।
खेलमा युनाइटेडले राम्रो प्रदर्शनबाट सुरुवात गरेको थियो । यसअघि लगातार चार खेलमा अपराजित यात्रा गरेको युनाइटेडले यसपटक त्यो यात्रालाई कायम राख्न चाहिँ सकेन ।
२७ वर्षे जोसुवाले यसअघि सन् २०१५ मा बर्नमाउथका लागि रेड डेभिल्सलाई हराउन प्रिमियर लिगमा गोल गरेका थिए । यसअघि युनाइटेडमा नै तालिम लिएका उनको यो गोल नै आजको खेलको निर्णायक बन्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।