मेडिकल काउन्सिलले लिने पिजी परीक्षा अन्योलमा

काठमाडाैं– नेपाल मेडिकल काउन्सिलले लिने ‘पिजी’ परीक्षा अन्योलमा परेको छ । युवा चिकित्सक संघले शुक्रबार काउन्सिलका तीन पदाधिकारीको कार्यकक्ष नखोल्न भन्दै पत्र टाँसेपछि दैनिक कामकाजमा समस्या देखिएको हो । 

काउन्सिलले आगामी शनिबार ‘पिजी’को लाइसेन्स परीक्षा लिँदै छ । काउन्सिलले वार्षिक कार्यतालिकाअनुसार लाइसेन्स परीक्षा लिने गर्छ । काउन्सिलका निमित्त अध्यक्ष डा. नारायण थापाका अनुसार लाइसेन्स परीक्षाका लागि देशभरबाट सात सय विद्यार्थीले फारम भरेका छन् । संघका केही युवाले काउन्सिल अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारको ढोकामा पत्र टाँस्दै तालाबन्दी गरेर गएका छन् । 

तालाबन्दीका कारण काउन्सिलका महत्वपूर्ण काम अवरुद्ध हुन पुगेको छ । तर, युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेतले परीक्षा अवरुद्ध बनाउने संघको उद्देश्य नभएको बताए । ‘परीक्षा शाखामा हामीले अवरोध गरेका छैनौँ । त्यही शाखाबाट परीक्षा लिन सकिन्छ,’ उनले भने । काउन्सिलका अनुसार आइतबारबाट प्रश्नपत्र बनाउन थाल्नुपर्ने थियो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १०:१६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया