काठमाडौं– आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । झन्डै डेढ घन्टासम्म चलेको मन्त्रिपरिषद् बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ ।
मिर्गौलाको डायलासिसका लागि गत बुधबार प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल भर्ना भएपछि आइतबार पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानममन्त्री ओली पूरै समय बैठकमा बसेको एक मन्त्रीले बताए ।
मेडिकल काउन्सिलको अध्यक्षमा बनाउने निर्णय गरिएका डा. कोइराला त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पनि सिफारिसमा परेका थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले त्रिविको उपकुलपतिमा उनीसहित तीनजनाको नाम सिफारिस गरेको थियो ।
यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र सहिद गंगालाल हृदयरोग केन्द्रका निर्देशक भइसकेका डा. कोइराला मुटुरोग विशेषज्ञ हुन् । आजको मन्त्रिपरिषद्ग थप निर्णय सरकारले आगामी बिहीबार मात्रै सार्वजनिक गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।