रानी बन्न राजा चाहिँदैनः प्रियंका

एजेन्सी– बलिउडकी अदागरा प्रियंका चोपडाले पछिल्लो समय निकै चाखलाग्दा अभिव्यक्ति दिन थालेकी छिन् । फिल्ममा मात्र होइन, सामाजिक सन्जालमा पनि निकै सक्रिय प्रियंकाको नयाँ भिडियो अहिले सामाजिक सन्जालमा निकै छाएको छ । त्यो भिडियोमा उनले महिलालाई विशेष सन्देश दिएकी छिन् । 

भिडियोमा प्रियंकाले कुनै पनि युवतीलाई रानी बन्नका लागि राजा नै आवश्यक नपर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘भनिन्छ, एउटा युवतीलाई सम्झनका लागि निकै मुश्किल हुन्छ । यो साँचो हो किनकि मानिसहरु हामीलाई जति सम्झिन्छन्, हामी त्यसभन्दा अगाडि बढिसकेका हुन्छौँ । हामीलाई रानी बन्नका लागि कुनै राजाको आवश्यकता चाहिँदैन । हामी त आफ्नो बाटो आफैं बनाउँदै हिँड्छौँ ।’





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १८:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया