[भिडियाे] विवाह मन्डपमै भिडे बेहुला बेहुली !

एजेन्सी– विवाह त एउटा उत्सवको समय पो हो त । जन्तीसहित बेहुला लिएर बेहुली लिएर आउनेहरु जहिले पनि खुसीको मुडमा हुन्छन् । 

तर, भारतको तेलंगानाको एउटा सहरमा यस्तो भएको छैन । अचानक बेहुला बेहुली उठेर एकआपसमा लड्न थालेका छन् । अनि यो भिडियो निकै धेरैले हेरेका छन् । बेहुला बेहुलीका नातेदारबीच अचानक कुनै एक विषयमा विवाद भएपछि यो अवस्था आएको हो । दुवै पक्ष लड्न थालेपछि बेहुला र बेहुली पनि एक आपसमा लड्न थाले ।

यो झगडा भएको अक्टोबर महिनामा हो । उनीहरुले २९ अक्टोबरमा विवाह गर्दै थिए । खासमा यो विवाद एउटा डिजेको विषयमा भएको रहेछ । प्रहरी समयमा नै त्यहाँ पुगेर विवाद साम्य बनाएको रहेछ । यसमा लडेका तीन जना त अस्पतालमा नै भर्ना भएछन् ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १८:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया