आयुष्मान खुराना चुनाव लड्न सक्ने !

एजेन्सी– के तपाईंले फिल्म अन्धाधुन हेर्नु भएको छ ? बलिउड यो फिल्मले भारतमा मात्र होइन, विभिन्न देशमा एक अभिनेतालाई छुट्टै तरिकाले स्थापित गरिदिएको छ । ती हुन्, आयुष्मान खुराना । 

अब तिनै खुरानाले राजनीतिमा पाइला राख्ने सम्भावना पनि निकै बढेको छ । उनी भारतको चर्चित टिभी कार्यक्रम कपिल शर्मा सोमा पुगेका थिए । त्यो कार्यक्रममा खुरानाले आफूले चुनाव लड्न सक्ने बताएका छन् । कार्यक्रममा उनीसँग यामी गौतम र भूमी पेडनेकर पनि थिइन् । 

फिल्म बालाको प्रमोसनका लागि कार्यक्रममा पुगेका आयुष्मानले भने, ‘मैले फिल्मका काम धेरै युपीमा गरेको छु, त्यहाँको भाषा सिकेको छु । अब त म त्यहाँको चुनावको प्रत्याशी नै भइसकेँ भन्दा फरक पर्दैन ।’





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १९:५२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया