प्रियंका गान्धीको फोन पनि भएको थियो ह्याक

एजेन्सी– भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीको पनि फोन ह्याक भएको दाबी भारतीय कांग्रेसले गरेको छ । सँगसँगै कांग्रेसले भारतीय जनता पार्टीको सरकारमाथि प्रश्न पनि उठाएको छ । 

आइतबार कांग्रेसले गरेको पत्रकार सम्मेलनमा यो दाबी गरिएको हो । ह्वाट्सयापबाट पठाइएका सन्देशहरुमा प्रियंका गान्धीलाई पनि मेसेज आएको कांग्रेसले बताएको छ । 

फेसबुकको स्वामित्व रहेको ह्वाट्सयापमा इजरायलमा बनेको एक स्पाइवेयरबाट विश्वभर कम्तिमा पनि १४ सय मानिसहरुलाई निशाना बनाइएको बताइएको छ । यसमा भारतीय पत्रकार तथा मानवअघिकारकर्मी पनि समावेश रहेछन् । 

यो सफ्टवेयरबाट ह्याक भएका एकाउन्टहरुका लागि ह्वाट्सयापले एउटा मेसेज पठाएको थियो । त्यस्तो मेसेज प्रियंका गान्धीलाई पनि आएको कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले बताएका हुन् । 

उनले केन्द्र सरकार तथा भारतीय जनता पार्टीले नै यो जासुसी गरेको आरोप लगाएका हुन् । उनले भने, ‘अबकी बार जासूस सरकार ।’ यो खासमा भारतीय प्रधानमन्त्री मोदीले निर्वाचनमा निकालेको अत्यन्त चर्चित स्लोगानको व्यंग्यका रुपमा प्रयोग गरिएको हो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार २२:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया