म्याग्दीमा बस दुर्घटना: चार जनाकाे मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार माइक्रो बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको माइक्राे साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये १ पुरुष र ३ महिला रहेकाे कार्यालयका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको छ । बस सडकको घुम्तीबाट करिब २ सय मिटर तल खसेको थियाे ।

दुर्घटनामा परी घाइते भएका १८ जनालाई प्रहरी, स्थानीयबासी र जनप्रतिनिधिले उद्धार गरी दरबाङ स्वास्थ्य केन्द्रमा पुर्याएका छन् । रातको समय भएकाले दुर्घटनामा परी ज्यान गुमाएकाको पहिचान र घाइतेहरुको उद्धारमा कठिनाई भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार २३:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया