Thu, 21 Nov, 2019


शाहरुख खानले मनिषा कोइरालालाई भने– थ्यांक यु बेबी
फरकधार / कात्तिक १७, २०७६

काठमाडौं– आइतबार विश्वभर भारतीय अभिनेता शाहरुख खानको जन्मदिन मनाइयो । साउदी अरबको तथा संसारको सबैभन्दा अग्लो भवन बुर्ज खालिफामा नै साहरुखको जन्मदिनको शुभकामना पनि दिइएको थियो । 



उनलाई जन्मदिनको शुभकामना उनका प्रशंसकले मात्र दिएनन्, उनका कोएक्टरले पनि दिए । त्यस्तैमा एक हुन्, नेपाली मूलकी अभिनेत्री मनिषा कोइराला । मनिषाले आफ्नो ट्विटरमा शाहरुखलाई जन्मदिनको शुभकामना उनीसँग खेलेको फिल्मको स्क्रिनसट राख्दै दिएकी थिइन् । 

अनि यो शुभकामनालाई शाहरुख खानले पनि जवाफ दिएका छन् । उनले मनिषालाई लेखेका छन्, ‘थ्यांक यु बेबी ।’ शाहरुखले यति जवाफ के लेखेका थिए, उनका प्रशंसकले त्यसमा दर्जनौँ कमेन्ट गर्न केही मिनेट पनि लगाएनन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्