अष्ट्रेलियामा मानसिक राेगीले गराउँदैनन् उपचार

क्यानबेरा — प्रत्येक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब १० लाख अस्ट्रेलियालीले उपचारै नगराउने गरेको अनुसन्धानले देखाएको छ । यी मानसिक स्वास्थ्यका बिरामी उपचार नगराई बस्ने गरेको रहस्य पनि अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरूले जनाएका छन् । 

‘प्रोडक्टिभिटी कमिसन’ को अनुसन्धानबाट मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिए पनि बर्सेनि ठूलो संख्याका अस्ट्रेलियालीले उपाचार नै नगराएको खुलेको हो ।

अनुसन्धान अधिकारीका अनुसार अस्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । उनीहरूमा कतिपयमा गम्भीर प्रकृतिको मानसिक रोग छ भने केहीमा डिप्रेसन, मानसिक त्रास, चिन्तालगायतका समस्याबाट पीडित रहेका छन् । यी बिरामीमध्ये करिब ३० लाख नागरिक स्वास्थ्य उपचारका लागि पहुँचमा रहने गरेका छन् । उनीहरूलाई उपचारको पहुँच हुने गरेको बताइएको छ ।

अस्ट्रेलियामा मानसिक स्वास्थ्यको उपचार खर्चमा पनि भारी मात्रामा वृद्धि भइरहेको छ । न्यून स्वास्थ्य बजेटका कारण पनि उपचारको पहुँचसम्म मानिस पुग्न नसकेको उक्त अनुसन्धानबाट पत्ता लागेको छ ।

अनुसन्धानका अनुसार हरेक दिन कम्तीमा पनि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको खर्च मानसिक स्वास्थ्य समस्याको उपचारमा लाग्ने गरेको छ । यो खर्च महँगो भएकोले यहाँको स्वास्थ्य उपचारसम्बन्धी नीतिमा परिमार्जन गर्नुपर्ने सुझाव पनि उक्त अनुसन्धान प्रतिवेदनले दिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार २३:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया