श्रीलंकाकी युवती ‘पट्याउन’ हरभजनले सिकेका थिए अंग्रेजी

एजेन्सी– भारतीय क्रिकेटर हरभजन सिंहलाई सबैले राम्रो क्रिकेटर मात्र भनेर चिन्दैनन्, अहिले त उनलाई राम्रो कमेन्टेटरका रुपमा पनि चिनिन्छ । 

तिनै हरभजन भारतमा अहिले सबैभन्दा चर्चामा आएको कार्यक्रम द कपिल शर्मा सोमा सहभागी भएका छन् । उनीसँगै यो साताको कार्यक्रममा उनकी पत्नी गीता बसेरा पनि कार्यक्रममा पुगेकी छिन् । कार्यक्रममा कपिल शर्मा र हरभजन सिंहले बहुतै रमाइलो गरेका छन् । 

भारतको सोनी टिभीले सार्वजनिक गरेको कार्यक्रमको टिजरमा हरभजनले अहिले आफूले अंग्रेजीमा नै कमेन्ट्री गर्न सक्नुको कारण खुलाएका छन् । कार्यक्रममा उनले भनेका छन्, ‘एक पटक मेरो श्रीलंकाली युवतीसँग सेटिङ भएको थियो । ऊ मसँग अंग्रेजीमा कुरा गर्ने गर्थी । मेरो टुटेफुटेको अंग्रेजी थियो, मैले उनीसँग विस्तारै बोल्दाबोल्दै आफ्नो अंग्रेजी राम्रो बनाएको हुँ ।’





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार ०:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया