नेपाल र एमसिसीबीच आज खेल, ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल

काठमाडौं– नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग प्रतिस्पर्धा गर्दै छ ।

आजको एक दिवसीय खेलमा टियु ग्राउन्डमा नेपाली टोलीसँग खेल्ने एमसिसीले आइतबार नेपालको युवा टिमलाई ३८ रनले पराजित गरेको थियो । आजको खेलबाट नै नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । 

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट काउन्सिल (क्यान)ले कप्तानमा नियुक्त गरेको हो । उनी कप्तानमा नियुक्त भएपछि नेपालले खेल्न लागेको यो पहिलो खेल हो । त्यसो त ज्ञानेन्द्रले यसअघि पनि पारस खड्काको अनुपस्थितिमा नेपालको कप्तानको भूमिका निर्वाह गर्दै आएका थिए ।

 त्यसको केही साताअघि पूर्वकप्तान पारस खड्काले अचनाक अप्रत्याशित रुपमा नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका थिए । तर, उनी पनि यो खेल खेल्दै छन् ।

नेपाली टिम र एमसिसीबीच तीन दिवसीय क्रिकेट चाहिँ बुधबारबाट सुरु हुँदैछ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार ९:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया