अफताब आलमविरुद्ध तीनवटा कसुरमा सजाय माग दाबीसहित अभियोग दर्ता

रौतहट– रौतहटबाट निर्वाचित सांसद मोहम्मद अफताव आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले अभियोग दर्ता गरेको छ । आलममाथि दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको अभियोग छ । 

दर्जनभन्दा बढीलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रूर मानवताविरुद्धको कसुर अपराध गरेको अभियोगपत्रमा उल्लेख छ । आलमसहितका अभियुक्तले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनौँलाई मारेको जिल्ला सरकारी वकिल कार्यालयको दाबी छ ।

आलममाथि तीनवटा कसुरमा सजाय माग दाबी गरिएको छ । सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दाबी गरेको हो । 

आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहविरुद्ध सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको छ । 

आलमबाहेक अरु सबै फरार रहेकाले उनीहरुविरुद्ध पक्राउ पुर्जी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १६:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया