कुन प्रदेशमा को हुँदै छ प्रमुख ?

काठमाडौं– सत्तारुढ नेकपा सचिवालयको बैठकको सहमतिअनुसार सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

सरकारले प्रदेश १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईंलाई सिफारिस गरेकाे छ । 

त्यसैगरी, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १६:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया