म कास्कीकी छोरी, रवीन्द्रका सपना साकार पार्छुः विद्या भट्टराई

कास्की– १४ मंसिरमा हुने उपनिर्वाचन नजिकिएसँगै प्रतिनिधि सभाका लागि निर्वाचन हुने एकमात्र ठाउँ कास्कीको क्षेत्र नम्बर २ मा मात्र होइन, पूरै कास्कीलाई चुनावी रौनकले छुन थालेको छ । 

सो क्षेत्रमा विवेकशील नेपाली दल, साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टीले आफ्ना उम्मेदवार टुङ्ग्याइसकेका छन् । नेपाली कांग्रेसले अझै पनि आफ्नो उम्मेदवार छान्न सकेको छैन । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएसँगै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी पत्नी पनि चुनाव प्रचारप्रसारमा जुट्न थालेकी छिन् । अधिकारीको गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको कास्की जिल्ला पार्टी कार्यालयमा सोमबार बसेको बैठकमा पनि विद्या भट्टराईले आफ्नो राजनीतिक पुनरागमनबारे कुरा राखिन् । कार्यक्रममा उनले आफू कास्कीकी छोरी भएको र अब रवीन्द्र अधिकारीका सपना साकार पार्न अगाडि बढेको बताएकी छिन् ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार २२:१५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया