हातमा सलाइन लगाएर ड्युटी गरिरहेका प्रहरी

एजेन्सी– भारतको उत्तर प्रदेशका एक प्रहरीको तस्वीरले अहिले भारतीय मिडियामा राम्रो स्पेस पाइरहेको छ । किनकि उनले हातमा सलाइन झुन्ड्याएका छन् तर उनी आफ्नो काममा पनि छन् । 

ज्वरो आएपछि अस्पतालमा पुगेका उनलाई त्यहाँका चिकित्सकले सलाइन चढाएका थिए । तर, उनी त्यही स्लाइन लिएर ड्युटीमा पुगे । यो फोटो सार्वजनिक भएसँगै सबैले उनको प्रशंसा गरेका छन् ।

यसरी हातमा सलाइन हुँदाहुँदै पनि ड्युटी गर्ने प्रहरी राजेन्द्र मलिक हुन् । उनले अस्पतालमा तीन घन्टा आराम गरेका थिए । तर, अचानक उनी अस्पतालको शैय्याबाट उठे र ड्युटीमा पुगे । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार २२:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया