विनोद खन्नाका छोरा बने सन्यासी !

कुनै समय निकै चर्चामा थिए, बलिउड अभिनेता विनोद खन्ना । तर, उनले जीवनको अन्त्यतिर आएर ओशोको सन्यास लिएका थिए । अब उनका छोराले पनि उनकै बाटो पछ्याएका छन् । 

८० को दशकमा आफ्नो करिअर चुचुरोमा रहेको समयमा विनोद खन्नाले फिल्मभन्दा टाढा ओशोको केन्द्रमा पुगेर सन्यास लिएका थिए । उनका छोरा साक्षी खन्नाले पनि यही बाटो समातेका छन् । 

बाजीराव मस्तानीका सहायक निर्देशक समेत रहेका साक्षीले केही अघि मात्र आफ्नो प्रोडक्सन हाउस सुरु गरेका थिए । मिडयाका अनुसार उनी मोडल पुनम पाण्डेसँग अफेयरमा पनि थिए । तर, अब यी सब कुरा छोडेर उनले सन्यासी जीवन जिउने निर्णय गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार २३:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया