भारतीय प्रधानमन्त्री मोदीलाई धम्की दिएकी पाकिस्तानी गायिकाले कला क्षेत्र छोड्ने

एजेन्सी– पाकिस्तानी गायिका रबी पिरजादाले आफ्नो विवादित भिडियो बाहिर सार्वजनिक भएपछि कला क्षेत्र वा मनोरन्जन उद्योग छोड्ने फैसला गरेकी छिन् । 

समाचार एजेन्सी आइएएनएसका अनुसार उनले ट्विटरमा एक स्टाटस लेख्दै यो निर्णयमा पुगेको जानकारी आफ्ना प्रशंसकलाई दिएकी छिन् । उनले योसँगै अल्लाहसँग आफ्नो पापका लागि माफी मागेको कुरा पनि त्यही ट्विटरमा लेखेकी छिन् । 

गत साता उनको एउटा नीजि भिडियो सार्वजनिक भएको थियो । त्यसपछि उनको ट्रोल भएको थियो । उनका अर्धनग्न भिडियो पनि सार्वजनिक भएका थिए । त्यसपछि उनले यो क्षेत्र छोड्ने बताएकी हुन् । 

यी गायिका कश्मिरको विषय चलेपछि भारतमा पनि चर्चामा आएकी थिइन् । उनले खासमा नरेन्द्र मोदीलाई आत्मघाती हमलाको धम्की दिएकी थिइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि हिटलरसँग तुलना गरेकी थिइन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार १:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया