क्रिकेटका लागि बाबुको अन्तिम संस्कारमा गएका थिएनन् विराट !

एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका अनेक विषयमा चर्चा भइरहेका हुन्छन् । आज अर्थात् ५ नोभेम्बरमा त उनको जन्मदिन पनि हो । अब उनी ३१ वर्षका भएका छन् । 

अहिले उनी यही जन्मदिन मनाउनका लागि पत्नी अनुश्का शर्मासँग भुटानमा पुगेका छन् । दिल्लीमा जन्मिएका विराटले क्रिकेटका दर्जनौँ रेकर्ड आफ्नो नाममा दर्ज गराएका छन् । 

अहिलेसम्म २१ हजारभन्दा धेरै अन्तर्राष्ट्रिय रन बनाएका विराटले ६९ शतक प्रहार गरेका छन् । तर, अझै पनि उनले क्रिकेट मैदानमा राम्रो प्रदर्शन गरिरहेका छन् । 

तर, यो स्थानमा आइपुग्न उनलाई सहज चाहिँ थिएन । उनले यो स्थानमा आइपुग्नका लागि अनेक कुराहरु गुमाएका छन्, कतिपय चाहनाहरुमा मारेका पनि छन् । 

यो सन् २००६ को नोभेम्बरको घटना हो । १८ वर्षका थिए विराट । उनी पहिलो फस्र्ट क्लास म्याच कर्नाटकविरुद्ध खेलिरहेका थिए । उनले आफ्नो पहिलो खेलमा नै यस्तो प्रदर्शन गरे कि उनलाई साथीहरुले मात्र होइन, विपक्षी टिमले पनि निकै ठूलो समर्थन गरेको थियो । यो खेलको दोस्रो दिन नै विराटका बाबु प्रेम कोहलीको निधन भएको थियो । त्यति बेला विराट क्रिजमा नै थिए । उनले ४० रन बनाएर खेलिरहेका थिए ।

यही समयमा उनको दिल्ली टिमका कोच चेतन चौहानलाई विराटका बाबुको मृत्यु भएको जानकारी दिइयो । कोले पनि विराटलाई यो दुखद खबर सुनाए । तर, विराटले कर्नाटकसँग हार्न सक्ने अवस्थामा पुगेको दिल्ली टिमलाई बचाउन र जिताउनका लागि तेस्रो दिन बाबुको अन्तिम संस्कारमा नजाने फैसला गरे, उनी मैदानमा उत्रिए । 



त्यो दिन उनले ९० रन बनाएका थिए । आउट भएपछि चाहिँ उनी बाबुको अन्तिम यात्रामा समावेश भएका थिए । त्यही दिनदेखि नै विराटमा ठूलो परिवर्तन आएको हो । ‘त्यही दिनदेखि उसले सबै खेलहरुलाई गम्भीर भएर लिन थालेको हो,’ उनकी आमाले सरोज कोहलीले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘खासमा क्रिकेट उसको बुबाको सपना थियो । अब त यस्तो लाग्छ कि ऊ बुबाको सपनापछाडि भागिरहेको छ, अनि क्रिकेट उसको सपना पनि बनिरहेको छ ।’



  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार २:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया