एजेन्सी– पाकिस्तानको कराँची सहरको लाँधी भन्ने ठाउँमा एउटा चिहान गाडिसकिएको शवलाई निकालेर केही व्यक्तिहरुले सामूहिक बलात्कार गरेका छन् ।
मृतक महिलाका परिवारले यो भयावह घटनाबारे प्रहरीमा उजुरी त दिएका छैनन् । तर, यो विषयले अहिले पाकिस्तानमा तहल्का मच्चाएको छ । यो घटना बाहिर आएपछि ती महिलाका परिवार र आफन्तहरु एक ठाउँमा भेला भएका छन् । उनीहरुले मृतक ती महिलालाई एक दिनअघि मात्र चिहान गाडिएको जनाएका छन् ।
पाकिस्तानको जियो न्युजले यो घटनाबारे जानकारी दिँदै यसलाई घृणित कार्यको संज्ञा दिएको छ । अहिलेसम्म यो कार्यमा कतिजना सहभागी थिए भन्ने थाहा छैन । प्रहरीले घटनास्थलबाट केही प्रमाणहरु भेटाएको छ । प्रहरीले यसरी मृत महिलामाथि बलात्कार गर्नेहरुको खोजी सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।