आलमको बयान रोकियो

काठमाडौं– रौतहटबाट निर्वाचित सांसद मोहम्मद अफताब आलमको बयान रोकिएको छ । 

रौतहट जिल्ला अदालतमा आलमको बयान चल्दा आलमका कानुन व्यवसायीले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेका थिए । सो अवरोधपछि उनको बयान रोकिएको हो ।

आलममाथि ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोग छ । आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।  

मंगलबारदेखि अदालतमा आलमको बयान लिन सुरु गरिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार १७:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया