कुश्ती खेल्दा खेल्दै पहलमानको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको सिवनीमा कुश्ती खेल्दाखेल्दै गर्दा एक पहलमानको मृत्यु भएको छ । उनको तस्वीर अहिले भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताबीच भाइरल पनि भइरहेको छ । कुश्ती खेल्दा खेल्दै मृत्यु भएका पहलमान चाहिँ सोनु यादव हुन् । 

प्रत्येक वर्ष कुश्तीको आयोजना हुने बेलपेठ भन्ने गाउँमा यो घटना भएको हो । कुश्तीमा भाग लिनका लागि १८ वर्षका सोनु पनि पुगेका थिए । उनले पहिलो तीन चरणमा जित निकालेका पनि थिए । तर, चौथो चरणमा उनी अचानक लडे र उनको मृत्यु भयो । 

६०–७० किलोग्राम वर्गमा उनी खेल्न पुगेका थिए । उनलाई अस्पतालमा पुर्याए लगत्तै चिकित्सहरुले मृत घोषणा गरेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार २१:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया