प्रदेश ३ मा पहिलो अपांगता सूचना केन्द्र स्थापना

काठमाडाैं– प्रदेश ३ मा पहिलो अपांगता सूचना केन्द्र स्थापना गरिएको छ । सामाजिक विकास मन्त्रालयमा प्रदेशकै पहिलो अपांगता सूचना केन्द्र स्थापना गरिएको हो । सोमबार मन्त्रालय र राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश ३ को सहकार्यमा सूचना केन्द्र स्थापना गरिएको जनाइएको छ । सोमबार एक कार्यक्रमबीच मन्त्री युवराज दुलालले सूचना केन्द्रको उद्घाटन गरेका हुन् ।

 सूचना केन्द्र स्थापनासँगै अपांगता भएका व्यक्तिका लागि सहजता हुने मन्त्री दुलालले बताए । ‘अपांगता भएका व्यक्तिका लागि सबैभन्दा महत्व्पूर्ण सामाजिक सम्मान हो,’ उनले भने, ‘त्यस्ता व्यक्तिका लागि जीवनयापन सहज बनाउने प्रयासमा मन्त्रालय जुटेको छ ।’ मन्त्री दुलालले प्रदेश ३ को हरेक सरकारी निकायमा अपांगता सूचना केन्द्र स्थापनाका लागि तयारी गरिने दाबी गरे । 

सूचना केन्द्रमा सरकारले अपांगता भएका व्यक्तिले पाउने छुट, सुविधालगायतको जानकारी पाउने मन्त्रालयले जनाएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश ३ का अध्यक्ष अश्विनी लम्सालले सूचना केन्द्रसँगै महासंघले एप्सको निर्माण गर्ने तयारी गरेको बताए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार २३:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया