रौतहट– सांसद मोहम्मद अफताब आलमको थुनछेक बहस शुक्रबारका लागि सरेको छ । जिल्ला अदाललत रौतहटमा बिहीबार सुरु भएको बहस बिहीबार नसकिएपछि भोलिका लागि सरेको हो ।
पहिलो संविधानसभा निर्वाचनका वेला दर्जनौँ व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीले बहस सुरु गरेका थिए ।
पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।
प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भूषण) रौतहट पुगेका छन् ।
यसअघि बिहीबार नै आलमको बयान सकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।