आलम प्रकरणमा तानिने भए तत्कालीन गृहमन्त्री सिटौला र प्रहरी प्रमुख राणा

काठमाडौं– दर्जनौँ व्यक्तिलाई जिउँदै जलाएको आरोपमा थुनामा रहेका सांसद मोहम्मद अफताव आलम प्रकरणमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला पनि तानिने भएका छन् । 

पीडित पक्षका वकिलले १२ वर्षअघिको हत्याकाण्डको निष्कर्षमा पुग्न तत्कालीन गृहमन्त्रीसहित उच्च अधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने जिकिर  गरेका छन् ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि भएको पहिलो संविधानसभा निर्वाचनका वेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए । सो समयमा प्रहरी प्रमुखमा ओमविक्रम राणा थिए ।

कांग्रेस सांसद मोहम्मद अफताब आलमसहितका विपक्षीलाई आजीवन कारावासको सजाय माग गर्दै प्रहरीले दायर गरेको मुद्दामा पीडितका पक्षबाट बहस गर्ने क्रममा कानुन व्यवसायीले तत्कालीन गृहमन्त्रीसहित उच्च अधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने जिकिर गरेका हुन् । 

जिल्ला अदालत रौतहटमा शुक्रबार पीडितको पक्षबाट साक्षीको बयान सकिएको छ । थुनछेकको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले १२ वर्षअघिको सो घटना दबाउन तत्कालीन गृह प्रशासनको पनि भूमिका देखिएको दाबी गर्दै अनुसन्धानको माग गरेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७६ शुक्रबार १८:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया