त्रिभुवन विमानस्थलमा ठोक्किए यती र श्री एयरलाइन्सका जहाज

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो दुईवटा जहाज ठोक्किएका छन् । आन्तरिक उडानका दुई ठूला वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्स र श्री एयरलाइन्सका जहाज आपसमा ठोक्किएका हुन् ।

पार्किङमा रहेको यती एयरलाइन्सको एटिआर–७२ जहाजलाई श्री एयरलाइन्सको सिआरजे ७०० जहाजले ठक्कर दिएको हो । श्री एयरलाइन्सको जहाज अवतरणपछि पार्किङतर्फ लैजाने क्रममा सो दुर्घटना भएको हो । 

श्रीको जहाजको दायाँतर्फको पखेटाले रोकिरहेको यतीको जहाजको पछाडितिर ठक्कर दिएको थियो । दुवै जहाज सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिने विमानस्थलले जनाएको छ ।

साँघुरो पार्किङमा जथाभावी जहाज पार्किङ गरेका कारण विमानस्थलको आन्तरिक उडान अव्यवस्थित बनेको श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरको आरेप छ । विमानस्थल र एयरलाइन्सका प्राविधिकले ठोक्किएको जहाजको निरीक्षण गरी आवश्यक मर्मत गरिसकेको बताइएको छ ।

विमानस्थलको चाप न्यूनीकरणका लागि क्षेत्रीय विमानस्थलमा जहाज रहने विमानस्थलले निर्णय गरे पनि त्यो प्रभावकारी लागू भएको छैन ।

आन्तरिकमा अहिले १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति ९ बजेसम्म उडान हुने गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७६ शुक्रबार १९:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया