एक र्‍यापर जसले गर्छन् छोरीको कौमार्य परीक्षण

एजेन्सी– अमेरिकाका चर्चित् र्‍यापर हुन् टीआइ । उनको खास नाम चाहिँ क्लिफोर्ज ह्यारिस हो । उनले एक कार्यक्रममा एउटा अनौठो बयान दिएका छन् । र, त्यो पनि उनकी छोरीको विषयमा आएको बयान हो । उनले कार्यक्रममा भनेका छन्, ‘मेरी छोरी १८ वर्षकी भएकी छिन् । र, उनको कौमार्य एकदम ठिक छ ।’

टिआई एउटा पोडकास्टका लागि कार्यक्रममा गएका थिए । त्यो कार्यक्रमको नाम थियो– लेडिज लाइक अस । त्यसमा उनलाई सबै विषयमा खुलेर कुरा गर्न भनिएको थियो । 

उनले त्यहाँ जे जवाफ दिए, त्यसका कारण अहिले विश्व तरंगित भएको छ । उनले आफ्नी छोरी लिएर स्त्री रोग विशेषज्ञकहाँ जाने गरेको बताउँदै माथिको अभिव्यक्ति दिएका हुन् । 

यसअघि यी र्याुपरलाई गैरकानुनी रुपमा बन्दुक किनेको अभियोगमा सात महिना जेल सजाय सुनाइएको थियो ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार ०:२९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया