नाक, कान र आँखाविना बच्चा जन्मिएपछि...

पोर्चुगल– पोर्चुगलको राजधानी लिस्बनभन्दा ३२ किलोमिटर टाढा सेतुबलको अस्पतालमा ७ अक्टोबरमा एक बच्चा जन्मिएको छ जसको नाक, कान र आँखा नै छैन । यस्तो बच्चा जन्मिएपछि त्यहाँको अस्पतालले लापरवाही गरेको आरोपमा चिकित्सकलाई ६ महिनाका लागि निलम्बन गरेको छ । 

पोर्चुगलका मिडियाका अनुसार एक निजी अस्पतालमा अल्ट्रासाउन्ड गराउँदा डाक्टरले भ्रुण स्वास्थ्य रहेको जनाएका थिए । यो बच्चाकी आमा मार्लेनले डाक्टरले आफूहरुलाई झुटो जानकारी दिएको भन्दै गुनासो गरेकी छिन् ।  

त्यहाँको पत्रिका लपेरीका अनुसार यो बच्चाको जन्म भएपछि ४ घन्टामात्र बाँच्ने चिकित्सकले जनाएका थिए । तर, बच्चा जन्मिएको दुई साता हुँदासम्म बच्चालाई केही भएको छैन । बच्चाको सास नली राम्रोसँग विकसित नहुँदा पनि उसले राम्रैसँग सास फेरिरहेको पत्रिकाले लेखेको छ । 

अर्कोतिर, अस्पतालका निलम्बित चिकित्सकविरुद्ध यसअघि पनि चार अन्य यस्तै प्रकृतिका घटनामा मुद्दा चलिरहेको त्यहाँका सन्चारमाध्यमले उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार १:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया