१३ औँ सागमा  ३ सय  २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने

काठमाडौं– डिसेम्बरमा १ देखि १० सम्म नेपालमा हुने १३ औं साग गेम्समा ११ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । यसमा ३२४ स्वर्ण, ३२४ रजत र ४८६ कास्य पदक समावेश हुनेछन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साग गेम्स हुने र पदकको संख्याको बारेमा जानकारी दिइएको हो । 

यसपटक साग गेम्समा २७ खेल समावेश गरिएको छ । यसमध्ये सबैभन्दा धेरै स्वर्ण पदक पौडीमा दिइनेछ । पौडीमा मात्रै ३८ स्वर्णका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।

त्यस्तै, एथलेटिक्समा ३६, तेक्वान्दोमा २९, उसुमा २२, कुस्ती र भारत्तोलनमा २० तथा कराँतेमा १९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ । 

कार्यक्रममा दिइएको जानकारीअनुसार बक्सिङमा १६, जुडोमा १५, फेन्सिङमा १२, आर्चरीमा १०, साइकिलिङ तथा प्याराग्लाइडिङ्मा ८, व्याडमिन्टन, टेनिस, टेबल टेनिसमा ७, ट्रायथलनमा ५ तथा गल्फ र स्क्वासमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

अन्य खेल फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, बिच भलिबल, थ्रि बाई थ्रि बास्केटबल, कबड्डीमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार २०:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया