रुख काटेर टहरा निर्माण गर्दै विद्यालय, व्यापक विराेध

भरतपुर– भरतपुर महानगरपालिका–७ मा रहेको प्रेमवस्ती माध्यमिक विद्यालयभित्र व्यावसायिक प्रयोजनका लागि टहरा निर्माणको काम सुरु भएपछि विवाद चर्किएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्राचार्यले एकलौटी ढंगबाट रूख काटेर विद्यालयलाई व्यावसायिक केन्द्र बनाउन लागेको भन्दै समितिभित्रै विवाद चर्किएको हो । 

उनीहरूले जिल्ला प्रशासन कार्यलयमा निवेदनसमेत दिएका छन् । निवेदन पाएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले रूख कटान रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सामुदायिक विद्यालयले स्थानीय सरकारसँग अनुमति नलिएको देखिएकाले तत्कालका लागि काम रोक्न निर्देशन दिएको बताए । 

प्रदेश सांसदसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलनबाबु श्रेष्ठ र विद्यालयका प्रधानध्यापक नवराज पौडेलको पहलमा हाल ४० कोठासहितको टहरा निर्माणको काम अघि बढेको छ । निर्माणको ठेक्कासमेत दिइसकिएको छ । एक करोड ४१ हजार रुपैयाँमा दाजुभाइ निर्माण सेवाले ठेक्का पाएको हो । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार २३:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया