जसलाई संसारले जीवित हुँदा नै मृत घोषणा गर्यो

एजेन्सी– यो जीवनको यात्रा अचम्मको छ । यसले बारम्बार परीक्षा पनि लिइरहेको हुन्छ । जीवनमा एउटा परीक्षा सकिएको हुँदैन, अर्को सुरु हुन्छ भन्ने हामीले बारम्बार सुन्दै आइरहेका पनि छौँ ।

जीवनमा जति सुकै परीक्षा दिन परे पनि एउटा कुरा चाहिँ निश्चित छ– मृत्यु । 

तर, के बाँचिरहेको व्यक्तिलाई पनि दुनियाँले मृत घोषणा गर्न सक्ला ? यस्तो घटना बारम्बार भएका छन् । त्यस्तै एकजना व्यक्ति थिए, जसलाई मर्नुअघि नै पत्रिकाका पानामा छापियो । समाचार बनाउँदा त्यसको शीर्षक दिइएको थियो– मृत्युका सौदागरको मृत्यु ।

यो समाचारलाई त्यति बेला यसरी फैलाइयो, मानौँ ती व्यक्तिको मृत्युले संसारलाई ठूलो राहत मिलेको छ । तर, विडम्बना ती व्यक्तिले आफूले श्रद्धान्जलि नपाएको कुरा गर्दै आफूलाई अभागीको तक्मा भिराइदिए । 

तर, अहिले ती व्यक्तिको नाम सबैभन्दा गर्वका साथ लिइन्छ । उनी हुन्, अल्फ्रेड नोबेल ।

अल्फ्रेडको समाचार जसरी छापिएको थियो, त्यो सत्य थिएन । यो सन् १८८८ को अप्रिल १३ को घटना थियो । अल्फ्रेडको मृत्यु भनेर पत्रपत्रिकामा समाचार छापियो । तर, खासमा उनका दाजुको निधन भएको थियो । 



दाजु लडविगको मृत्युमासमाचार आफ्नो नाममा प्रकाशन भएपछि अल्फ्रेड नोबेल निकै स्तब्ध भए ।

‘किन मानिसहरु मृत्युको समाचार सुन्न यति लालयित भए होलान्,’ उनले मनमा सोचेका थिए रे, ‘किन यो ंसंसार मलाई यति धेरै खराब सोचिरहेको छ ?’



खासमा अल्फ्रेड जीवनभर एक्लै बसे । उनले आफ्नो जीवन नै नयाँ नयाँ खोजका लागि समर्पित गरे । उनी खर्बौ सम्पत्तिका मालिक थिए । अनि पत्रिकामा छापिएको थियो, ‘मृत्युसँग नडराउनेको मृत्यु ।’

जे होस्, एउटा कठीन घडीमा अगाडि बढिरहेका थिए, अल्फ्रेड । उनको दाजु एडविनको मृत्यु भएको केही दिनमा उनका भाइ एमिलको पनि मृत्यु भयो । शोकमाथिको शोकले अल्फ्रेडलाई निरास त बनायो तर उनले आफ्नो काम कहिल्यै थाँती राखेनन् ।

उनका भाइ र उनका चार सहयोगी उनको प्रयोगशालामा बनाइरहेको एउटा विस्फोटक पदार्थ पड्किएर मृत्यु भएको थियो । त्यो दिन अल्फ्रेड प्रयोगशालामा थिएनन् । उनी बाँचे । 

अल्फ्रेडका बाबु चाहिँ अल्फ्रेडले यस्ता काम रोकुन् भन्ने चाहन्थेँ । बाबुको दबाबका कारण केही समयमा अल्फ्रेडले आफ्ना काम पूर्ण रुपमा रोकेका पनि थिए । तर, अनुसन्धानले उनलाई यस्तो अवस्थामा पुर्याएको थियो कि उनले त्यो काम लामो समयसम्म रोक्न सकेनन् ।

अनि त रातभर पनि अल्फ्रेड प्रयोगशालामा बस्न थाले । बाबुको चेतावनीलाई बेवास्ता गरेका अल्फ्रेडलाई अन्त्यमा सफलता पनि मिल्यो, उनी आफ्नो आविष्कारमा सफल भए ।

तिनै अल्फ्रेडले आविष्कार गरेको डाइनामाइट ठूलाठूला चट्टान फुटाउनका लागि प्रयोग हुन थाल्यो । अर्कोतिर, डाइनामाइटको प्रयोग युद्धहरुमा पनि हुन थाल्यो । त्यसपछि बल्ल अल्फ्रेडको आलोचना हुन थालेको हो । 

तर, यस्ता आलोचनाको अल्फ्रेड सधैं खण्डन गर्थे । उनी तर्क दिन्थे र आफूले नराम्रो काम गर्न नखोजेको कुरा बताउँथे । उनको आविष्कारले नै सयौँ मानिसको ज्यान लिन थालेपछि नै हो, उनको आलोचना बढेको पनि ।

यही आलोचनाका कारण अल्फ्रेडले मृत्युभन्दा एक वर्ष अगाडि मात्रै नोबेल पुरस्कारको घोषणा गरेका थिए । आज नोबेल पुरस्कार प्रदान गर्न थालिएको ११८ वर्ष पुगिसकेको छ । अब त सायद कसैले भन्ला कि अल्फ्रेड नोबेल मृत्युका व्यापारी थिए । 

–    एजेन्सीहरुको सहयोगमा 

  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार ०:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया