कैलाली– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएका हुन् ।
रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत छानबिन अघि बढाएको थियो । अनुसन्धानमा सहयोग गर्ने भन्दै आइतबार दिउँसो विज्ञप्ती जारी गरी रावलले राजीनामा दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।