नेप्से परिसूचकमा झिनो अंककाे गिरावट

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । साताको पहिलो दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.१८ विन्दुले घटेर एक हजार १३१.८० विन्दुमा झरेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अंकले सुधार भएको छ । सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४९.०१ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकममा भने अपेक्षित सुधार देखिएको छ । कुल १६३ कम्पनीको १० लाख आठ हजार ८ सय ९ कित्ता सेयर २९ करोड ३१ लाख ४९ हजार ४४ मूल्यमा खरिद–बिक्री भए । 

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये पाँच उपसमूहको सेयर ओरालो लागेको छ भने छ उपसमूहको सेयर भने बढेको छ । बैंकिङ ०.२६, होटेल १५.०१, विकास बैंक २.१५, जलविद्युत् ७.२, जीवन बीमा ३९.३७ र सामूहिक लगानी कोष ०.११ विन्दुले घटेको छ । 

यस्तै वित्त ०.६८, निर्जिवन बिमा २.८३, उत्पादन ९.६७, अन्य ५.६८ र लघुवित्त ४.०१ विन्दुले बढेको छ । स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको सेयर कुल पाँच करोड ७४ लाख ३१ हजार ७ सय १९ मा कारोबार भयो । यस्तै प्रभु बैंक दुई करोड ७५ लाख ४७ हजार ८ सय ३२, नेपाल बैंक दुई करोड ११ लाख १४ हजार ९ सय ९०, माछापुच्छ्रे बैंक एक करोड १३ लाख ५५ हजार १ सय ३०, एनआइसी एसिया बैंक एक करोड सात लाख ९२ हजार ८६ र नबिल बैंकको सेयर ७६ लाख ७४ हजार ४ सय ४१ मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ४.४६ प्रतिशतले कमाउँदा युनियन हाइड्रो पावर ३.८५, खानीखोला हाइड्रोपावर ३.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था २.९०, गुर्खाज फाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । त्यस्तै रैराङ हाइड्रो पावर ४.८०, तारागाउँ रिजेन्सी होटल ३.५५, सिन्धु विकास बैंक ३.१७, पाँचथर पावर ३.१२ र अरुण काबेली पावरका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १८:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया