महाराष्ट्रमा भारतीय जनता पार्टीले सरकार नबनाउने

एजेन्सी– भारतको महाराष्ट्रमा राज्यापाल भगत सिंह कोश्यारीले सरकार बनाउन दिएको निम्तोलाई अस्वीकार गर्दै भारतीय जनता पार्टीले आफू सरकारमा समावेश नहुने जानकारी दिएको छ । 

आइतबार साँझ बसेको भारतीय जनता पार्टीको बैठकबाट भाजपा नेताहरुले राज्यपाल कोश्यारीलाई भेटेका थिए । त्यसपछि भारजपाका महाराष्ट्र अध्यक्ष चन्द्रकान्त पाटिलले पत्रकार सम्मेलनमा आफ्नो पार्टीले सरकार नबनाउने बताएका हुन् । 

‘हामी शिवसेनासँग मिलेर सरकार बनाउन चाहँदैनौँ,’ उनले भने, ‘यही कुरा हामीले राज्यापाललाई पनि बताएका छौँ ।’

यसभन्दा पहिले कोश्यारीले महाराष्ट्रको विधानसभा निर्वाचनमा सबैभन्दा धेरै १०५ सिट जितेको भाजपालाई सरकार बनाउन अनुरोध गरेका थिए । शनिबार महाराष्ट्रमा सरकार बनाउने अन्तिम दिन थियो । तर, महाराष्ट्र विधानसभा चुनावको परिणाम आएको १५ दिन भइसक्दा पनि त्यहाँ सरकार बन्न सकेको छैन । यसको कारण भाजपा र शिवसेनाबीच भइरहेको विवाद हो । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १८:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया