फाल्गुनन्द नपुंशक थिए ?

काठमाडाैं– किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्ती साेमबार मनाइँदैछ । नेपाल सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित पनि गरिसकेको छ । 

किराँती वेद मुन्धुमका व्याख्याता मानिने फाल्गुनन्दले वि.संं. १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति गराएका थिए । यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’का रूपमा चिनिन्छ। 

वि.सं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किराँत धर्मावलम्बीहरूले देवदूतका मान्ने गर्छन् ।

बेलायती सेनामा समेत केही वर्ष काम गरेका फाल्गुनन्द पुरुष थिए या महिला ? अहिले बहसको विषय पनि बनेको छ ।

एउटा अन्तर्वार्तामा फाल्गुनन्दका चेलाले नै उनी नपुंशक रहेको कुरा खुलासा गरेका छन् । 

चन्द्रकुमार सेर्माले संकलन गरेको एउटा अन्तवार्ता संग्रहमा फाल्गुनन्दका चेला सिद्धिनन्द नेम्वाङले फाल्गुनन्द नपुंशक रहेको बताएका छन् ।



‘महागुरु फाल्गुनन्दबारे रोमाञ्चक अन्तर्वार्ता धार्मिक संगालो’ पुस्तकमा संकलित उक्त अन्तर्वार्तामा ‘आमा र पितारुप दुवै थियो, लिङ्देन स्त्री र पुरुष दुवै (नपुंशक) हुन्’ लेखिएको छ ।

‘नपुंशक भएर पनि कसरी पल्टनमा भर्ना भए ?’ भन्ने प्रश्नको जवाफमा ‘त्यतिबेला डाक्टर थिएनन र लगे होलान । महागुरु न स्त्रीरुप न पुरुषरुप वास्तवमा दुवै रुप थियो ।’



किराँत धर्म, सभ्यता तथा संस्कृतिमा आधा दर्जनभन्दा धेरै पुस्तक लेखिसकेका सेर्माले नेम्वाङसँग २०५० सालमा उक्त अन्तर्वार्ता लिएको बताएका छन् ।

उनी महिला पुरुष जे भए पनि उनको योगदान भने समाजका लागि अतुलनीय छ । उनको योगदानको कदर गर्दै सरकारले २०५० सालमा उनको नाममा १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो । 

यस बाहेक २०७२ देखि फाल्गुनन्द जयन्तीका अवसरमा किराँत धर्मावलम्बीहरूका लागि सार्वजनिक विदा दिने निर्णय भएको थियो ।

– अर्काइभबाट

  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार २२:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया